तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते
![तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते](https://npcdn.ratopati.com/media/news/accident_OynmnXhbfw.jpg)
काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । ।
- यस्तो छ घाइते तथा मृतकको सूची :
साइबाबा अस्पताल धार्के धादिङमा उपचारार्थ घाइते:-
१) बस चालक जि.दोलखा बस्ने वर्ष ३६ को जित ब.मगर (९८६१७५८३९०) टाउको/हातमा चोट,अवस्था मध्यम ।
बाँसबारी न्युरो अस्पताल काठमाडौँमा उपचारार्थ घाइते:-
१) जिल्ला ललितपुर बस्ने वर्ष ५३ कि शान्ता अधिकारी टाउकोमा चोट अवस्था गम्भीर ।
२) जिल्ला काठमाडौँं जोरपार्टी बस्ने वर्ष ६८ कि जानुका हुमागाईँ टाउकोमा चोट अवस्था गम्भीर ।
३)जि.काठमाडौँं जोरपाटी बस्ने शिव प्रसाद हुमागाईँ टाउकोमा चोट,अवस्था मध्यम ।
४)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष ४२ को समिता हुमागाईँ,मुखमा चोट,अवस्था सामान्य,(९८४९३१२९६९) ।
५)जि.ललितपुर महालक्ष्मी बस्ने वर्ष ४६ कि पबित्रा रावत,टाउको/हातमा चोट,अवस्था मध्यम ।
नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौँमा उपचारार्थ घाइते:-
१)जि.दोलखा बस्ने वर्ष ५० कि राधिका काफ्ले (९८४१५४१२७६) भित्री चोट,अवस्था मध्यम
२) जि.दोलखा भिरकोट गा.पा बस्ने वर्ष ५० कि पार्बती काफ्ले,मिति २०८१/१०/२८ गते ०१:०५ उपचारको क्रममा मृत्यु भएको ।
३)जि.काठमाडौँं जोरपाटी बस्ने वर्ष २८ कि सबिना काफ्ले (९८६०५१३०२२),अवस्था सामान्य ।
४)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा.३ बस्ने वर्ष ५५ को पुर्व प्र.स.नि.कृष्ण प्रसाद काफ्ले (९८६०५१३०२२) ढाड/छाति/बांया खुट्टामा चोट,अवस्था मध्यम ।
५) जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा.३ बस्ने हाल ने.प्र.प्र.का नक्सालमा कार्यरत कार्यालय सहयोगी वर्ष ४४ कि सावित्री ढकाल,शरीरको विभिन्न भागमा चोट,अवस्था मध्यम ।
६) जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.५ बस्ने पुर्व प्र.स.नि सूर्य प्रसाद काफ्ले,बांया हातमा चोट,अवस्था मध्यम ।
७)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.५बस्ने हाल CIB लाम्जिमपाट काठमाडौँंमा कार्यरत कार्यालय सहयोगी वर्ष ४४ कि गोमा काफ्ले, शरीरको विभिन्न भागमा चोट,अवस्था मध्यम ।
८) जि.भक्तपुर सूर्य विनायक बस्ने वर्ष २८ को धिरज काफ्ले,अवस्था सामान्य ।
९) वतन,उमेर नखुलेको चमेली भण्डारी,भित्री चोट,अवस्था मध्यम ।
१०) वतन,उमेर नखुलेको राम चौलागाई,भित्री चोट मध्यम ।
ट्रमा सेन्टर काठमाडौँमा उपचारार्थ घाइते:-
१)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष २६ कि जमुना काफ्ले,टाउको/दुबै हात/कम्मरमा चोट,अवस्था मध्यम,(९७४२८७२०८६) ।
२)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष ३८ कि अम्बिका काफ्ले,टाउको/पेट/छातीमा भित्रि चोट,अवस्था मध्यम (९८४३००७४२४)
३)जि.दोलखा बस्ने वर्ष ५२ कि डण्डापानी काफ्ले,कानमा चोट,अवस्था मध्यम ।
४)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने वर्ष अं.८३ को नर ब.ओली,छाति/अनुहारमा चोट, अवस्था गम्भीर ।
५) जि.भत्तपुर सूर्य विनायक बस्ने गिता भण्डारी ,सामान्य (९८४३१९९६०७)
६) जि.भत्तपुर सूर्य विनायक बस्ने वर्ष ५० कि मैना नेपाल,सामान्य (९८४९३६५६११)
७) जि.ललितपुर बस्ने वर्ष ४५ को नारायण प्र.अधिकारी (९८६७२३७५३४) हात खुट्टामा चोट, अवस्था मध्यम ।
८) जि.दोलखा तामाकोशी गा.पा.१ बस्ने वर्ष ३१ को हरी प्र.काफ्ले (९७४२८७२०८६०),अवस्था सामान्य ।
उपचारको लागी काठमाडौँ पठाएको तर सम्पर्क नभएका घाईतेहरु:-
१) जि.रामेछाप मञ्थली न.पा.बस्ने वर्ष २७ को (सह चालक) बिमोचन सापकोटा (९७६८४०५१८५) गालामा चोट अवस्था सामान्य ।
(गम्भिर-३ जना,मध्यम-१४ जना र सामान्य-७ जना)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन