शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

जसपा नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन

सोमबार, २८ माघ २०८१, ०८ : २६
सोमबार, २८ माघ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ । 

यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप