रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला

कटक । भारत र इंग्ल्याण्डबिच आइतबार भएको दोस्रो एकदिवसीय खेलमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।
कटकको बाराबती रंगशालामा खेलिएको यो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो। भारतीय टोलीले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्यो।
भारतका लागि कप्तान रोहित शर्माले शतक प्रहार गर्दै ९० बलमा १२ चौका र ७ छक्काको मद्दतले कुल ११९ रन बनाए। शुभमन गिलले ६० रन, श्रेयस अय्यरले ४४ रन र अक्षर पटेलले ४१ रन बनाए।
यसैबिच, यस खेलमा यशस्वी जयस्वालको स्थानमा ल्याइएको विराट कोहलीले आफ्नो ब्याटबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्। उनी ५ रन बनाएर पेभिलियन फर्किए। इंग्ल्याण्डका लागि जेमी ओभरटनले दुई विकेट लिए।
इङ्ग्ल्याण्डका लागि ब्याटिङ गर्दा जो रुट र बेन डकेटले सबैभन्दा धेरै रन बनाएका थिए । जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाए।
बलिङमा भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए।
भारत र इङ्ग्ल्याण्डबीच तीन खेलको एकदिवसीय शृङ्खला खेलिँदैछ। यो जितपछि भारतले शृङ्खलामा २-० ले कब्जा जमाएको छ। शृङ्खलाको अर्को खेल फेब्रुअरी १२ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?