सोमबार कुन राशिका लागि शुभ ?
![सोमबार कुन राशिका लागि शुभ ?](https://npcdn.ratopati.com/media/news/horoscope_68mF8G6CaS.jpg)
वि.सं. २०८१ साल माघ २८ गते । सोमबार । ईश्वी सन् २०२५ फेब्रुअरी १० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी, ३१ घडी १५ पला, बेलुकी ७ बजेर १७ मिनेट उप्रान्त चतुर्दशु । नक्षत्र–पुनर्वशु, २९ घडी ३५ पला, बेलुकी ६ बजेर ३७ मिनेट उप्रान्त तिष्य ।
योग–प्रिती, ११ घडी २८ पला, बिहान ११ बजेर २२ मिनेट उप्रान्त आयुष्मान । करण–कौलव, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर १७ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन , मध्यान्ह १२ बजेर ३७ मिनेट उप्रान्त कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३८ पला ।
आजको बार बेला ।
- बिहान ०६ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
- बिहान ६ बजेर ४८ मिनेटदेखि बिहान ८ बजेर १० मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ११ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
- बिहान ०९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
- मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउसो १ बजेर ४२ मिनेटसम्म चर बेला ।
- दिउसो १ बजेर ४३ मिनेटदेखि दिउसो ३ बजेर ५ मिनेटसम्म लाभ बेला ।
- दिउसो ४ बजेर ६ मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर २८ मिनेटदेखि बेलुकी ७ बजेर २७ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर १० मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ५ बजेर ५९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले रमाइलो यात्राको तय हुनेछ । व्यापार तथा शेयरबाट राम्रै आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिठो मसिनो भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहनेछ । सङ्गीत तथा कलाक्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । घरजग्गा सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गीत सङ्गीतको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी यात्राको अवसर जुर्नेछ । होटल तथा रेस्टुरेन्ट पेसा व्यवसायमा आबद्ध रहनु भएकाहरूका लागी समयले साथ दिनेछ । खाद्यान्न, निर्माया सामाग्री तथा शेयरमा गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद पक्रियामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बालीको माध्यमबाट राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागी लामो दूरीको यात्राको योग रहेको छ । सबै खाले व्यापार र शेयरबाट मनग्गे आम्दानी हुनेछ । समयले साथ दिने हुनाले परिवारमा साथ मिष्टान्न भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ । मध्यान्हबाट स्वास्थ्य सम्बन्धी समस्या आई दैनिकी प्रभावित हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दूरीको यात्राको तय हुनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । भेटघाट, खानपानमा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरु दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजारको लगानीबाट आंशिक लाभ लिन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । साँझपख हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिनसँगै काम नगर्नु नै राम्रो रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात