प्रचण्डको सचिवालयबाट बाहिरिए रमेश मल्ल
![प्रचण्डको सचिवालयबाट बाहिरिए रमेश मल्ल](https://npcdn.ratopati.com/media/news/ramesh-malla_bIVxWdB5pi.png)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन् ।
उनले भनेका छन् : ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रूपमा तीन वर्ष तीन महिना पूरा गरी पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयको यात्राविराम गरेको छु।’
मल्लले खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्म सचिवालयको निकट टिममा रहेर सहकार्यको अवसर प्रदान गर्ने सचिवालय टिमका गंगा दाहाल, सन्तकुमार दरै लगायत सिंगो टिमप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
यस्तो मल्लको स्टाटस् :
नेपाली महान जनक्रान्तिका नायक, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, श्रद्धेय अध्यक्ष क. प्रचण्ड / Comrade Prachanda को पछिल्लोपटक स्वकीय सचिवको रूपमा तीन वर्ष तीन महिना पूरा गरी पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयको यात्राविराम गरेको छु।
२०७८ कार्तिक अन्तिममा शुरु भएको यो यात्रा स्थानीय तहको निर्वाचन २०७९, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रधानमन्त्रीका रूपमा अध्यक्ष कमरेडको तेस्रो र उत्कृष्ट कार्यकाल (१० पौष २०७९–२८ असार २०८१) का १८ महिना तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा उहाँको सारथि बन्न पाउनु मेरो लागि गर्वको विषय मात्र नभई विरलै प्राप्त हुने अवसर पनि थियो। यो गौरवपूर्ण भूमिकाका लागि विश्वास गर्ने श्रद्धेय अध्यक्षप्रति अन्तस्करणदेखि नमन गर्दछु।
खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्म सचिवालयको निकट टिममा रहेर सहकार्यको अवसर प्रदान गर्ने आदरणीय दिदी Ganga Dahal , दाजु सन्तकुमार दरै र सम्पूर्ण सचिवालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। परिवारको सदस्यको रुपमा माया गर्ने दिदीहरू Renu Dahal, Ganga Dahal / गंगा दाहाल , भिनाजुहरू Sagar Kc, Arjun Pathak, जीवन आचार्य र भान्जी Smita Dahal लगायत सम्पुर्ण परिवारजनप्रति आभारी छु। मैले सचिवालयमा सदस्यको रूपमा खुमलटार पुग्दा मृत्युसङ्ग संघर्ष गरिरहनु भएको श्रद्धेय किर्तिशेष आमा सीता दाहाल अहिले हामीबीच हुनुहुन्न, उहाँप्रति हृदयदेखी श्रद्धा सुमन व्यक्त गर्दछु।
यो अवधिमा सहकार्यमा रहने विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा अंग, नागरिक समाज, निजी क्षेत्र र प्रेस जगतका मित्रहरूमा न्यानो सहकार्य र मित्रताको लागि आभार प्रकट गर्दै आगामी यात्रामा अझ बढी सद्भाव, सहकार्य र सौहार्दताको अपेक्षा गरेको छु।
नेपालतर्फबाट र नेपालका लागि कूटनैतिक क्षेत्रमा काम गरिरहेका सबै मित्रहरूमा न्यानो सहकार्यको लागि आभारी छु। थप सहकार्यको अपेक्षा छ।
नेपाली समाजका हरेक तह र तप्कामा रहेका न्यायप्रेमी जनसमुदाय, बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ दिदिबहिनी र गैरआवासीय नेपालीहरूसङ्ग पनि यो बीचमा सुखदुःखमा रहेको साथ र सहयोगको स्मरण गर्दछु। आगामी दिनमा पनि तपाईंहरुको सुखदुःखमा साथमा रहने वाचा गर्दछु।
यो अवधिमा हाम्रो पार्टी, जबस, मोर्चा र सम्बद्ध संघसंगठनमा आबद्ध सबै नेता कार्यकर्ता कमरेडहरुमा न्यानो सहकार्य, रचनात्मक आलोचना र समन्वयात्मक भूमिकाका लागि हार्दिक आभार व्यक्त गर्दछु। आगामी सहयात्रा अझ फराकिलो हुने विश्वास लिएको छु।
नेपाली राजनीतिका शिखर व्यक्तित्व, आजको अन्तर्राष्ट्रिय राजनीतिका एक मुख्य नेता अध्यक्ष कमरेड प्रचण्डको सचिवालय व्यवस्थापन आफैंमा एक चुनौतीपूर्ण जिम्मेवारी थियो। कमरेड अध्यक्षको गतिसँग आफूलाई गतिशील बनाउनु झनै चुनौतीपूर्ण काम थियो। सचिवालयको एक सदस्यको नाताले मैले आफ्नो कामलाई निशर्त पूरा गर्ने कोसिस गरें। मेरो कारण कहिँकतै नेतृत्वको कद होचो हुन दिएन भन्ने मलाई विश्वास छ।
हामी सबैलाई सम्झना छ, यो ३९ महिना कुनै पनि दिन पार्टीलाई ओरालो हिड्नु परेन। सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रमा सरकारलाई हिडाउने नेतृत्वको संकल्प राष्ट्र निर्माणको साहसिक कदम थियो। यो संकल्पले देशलाई नयाँ आशा दियो, विश्वास दियो र माओवादीलाई अरु भन्दा भिन्न शक्तिको पहिचान दियो। यो अवधिमा सरकार, सदन र सडकका सबै मोर्चामा नेतृत्वको भूमिका, अभिव्यक्ति र उपस्थिति कमजोर भएन, अझ बढी प्रभावशाली बन्दै गयो, गएको छ। पार्टीको शिर उचो बनेको छ, दायरा फराकिलो बनेको छ, यसमा मलाई गर्व छ।
सफलताको यही गौरवपुर्ण जिम्मेवारीलाई अझ माथि उठाउन, मेरा अग्रज, अनुभवी व्यक्तित्व कमरेड गोविन्द आचार्य सचिवालयमा नयाँ सदस्यको रूपमा आउनु भएको छ। उहाँलगायत सिङ्गो सचिवालय टिमलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?