लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस प्रदर्शन
![लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस प्रदर्शन](https://npcdn.ratopati.com/media/news/masal_sXEWoB0Cxh.jpg)
सिरहा । सिरहाको लहानमा आईतवार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।
संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौँ नगरवासीहरु ५० वर्षभन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ । ‘यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ । जसमा घरहरु समेत रहेका छन । केहीलाई निस्सा वितरण र लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंकमा राखेर आफ्नो काम गर्न पाएको छैन’ संयोजक केसीले भने, ‘सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ ।’ करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको संयोजक केसीले बताए ।
मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए ।
आफ्नो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उहाँहरु पीडामा देखेर आफु पनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडा अध्यक्ष रमेश गौतले बताए ।
‘गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्यामा छन् । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन’ लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने, ‘नगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुर्याउनुपर्छ ।’ यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड
-
‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना भएको पहिलो संस्करण
-
फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार
-
विवाहमा झगडा हुँदा किशोरको हत्या
-
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार