सुन्दरहरैँचामा माघ ३० गतेदेखि विराट एक्स्पो हुने

विराटनगर । मोरङको सुन्दरहरैँचामा फेरि विराट एक्स्पो हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने यो एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म सुन्दरहरैँचा–१० स्थित विराटचौकमा सञ्चालन हुनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय निर्माणका लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको हो ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने र करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताए ।
एक्स्पोमा १९४ वटा स्टल रहनेछन्, जसमध्ये औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश छन् । एक्स्पो सफल बनाउन ५०१ सदस्यीय मूल समारोह समिति र १९ वटा उपसमिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण