आधा किलो सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवक पक्राउ
आइतबार, २७ माघ २०८१, २२ : ०४

दाङ । दाङमा प्रहरीले करिब आधा किलो अवैध सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेका छन् ।
उनलाई सो परिणामको सुन र पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।