१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किए, केबलकार निर्माण विवादबारेको वार्ता भाँडियो
![१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किए, केबलकार निर्माण विवादबारेको वार्ता भाँडियो](https://npcdn.ratopati.com/media/news/cover-1111_cPeY7CtwjI.jpg)
आज २०८१ माघ २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा फर्किए सक्रिय राजनीतिमा, केबलकार निर्माण विवादबारे भाँडियो वार्ता, माओवादीले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज, नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्ग, सशस्त्र प्रहरीमा तीन डीआईजीको दरबन्दी खाली लगायत छन् ।
१. पूर्वउपराष्ट्रपति पुन औपचारिक रूपमा फर्किए सक्रिय राजनीतिमा
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक रुपमा सक्रिय राजनीतिमा फर्किएका छन् । उनलाई नेकपा माओवादी केन्द्रले विशेष जिम्मेवारी दिएको छ ।
२. केबलकार निर्माण विवादबारे भाँडियो वार्ता
ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता भाँडिएको छ । आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।
३. माओवादीले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज
नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्ला इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकको म्यान्डेट अनुसार हालै बसेको पदाधिकारी बैठकले जिल्ला इन्चार्ज टुङ्गो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको हो ।
४. नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्ग
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरेको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी भक्तबहादुर शाह, दुर्गा सोव, सृजना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कर्मी रहेको अध्यक्ष मण्डल गठन भएको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
५. सशस्त्र प्रहरीमा तीन डीआईजीको दरबन्दी खाली
सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । दुईवटा दरबन्दी भदौ १६ देखि रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको थिएन । नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति किशोर प्रधान माघ २२ मा अवकाशमा गएका छन् । प्रधानको अवकाशसँगै रिक्त दरबन्दी संख्या ३ पुगेको छ ।
६. पाटनबाट अपहरण गरिएको बालकलाई भारत लैजाने योजना थियो
पाटनबाट माघ २४ मा अपहरणमा परेका ४ वर्षीय पल चेपाङलाई अपहरणकारीले भारत लैजान खोजेको भेटिएको छ । साँझ ८ बजेर २० मिनेटमा भियतनामी नागरिक माइ होङ्ग किन्हालनले उनलाई अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएर राखेका थिए । वीरगञ्ज हुँदै भारत लैजान खोजेको अवस्थामा बालकलाई गेस्ट हाउसबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
७. परिवारका सदस्यसहित पोखरा पुगे पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।
८. अध्यादेशबारे जसपा नेपाल अझै अनिर्णीत
सरकारले ल्याएको अध्यादेशको विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अझै अनिर्णीत बनेको छ । अध्यादेशको बारेमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन समेत बुझाइसके पनि पार्टी अझैसम्म अनिर्णीत बनेको हो ।
९. सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ताको माग राख्दै अनलाइन टिभी पत्रकार संघले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
१०. आम आदमी पार्टीको पराजयले नेपालका नयाँ शक्तिलाई कस्तो सन्देश ?
भारतमा नयाँ राजनीतिक शक्ति भनिएको आम आदमी पार्टीले दिल्ली विधानसभा निर्वाचनमा नराम्रो पराजय झेलेको छ । एक दशक अघि राजनीतिमा उदाएको उक्त पार्टीकै सिको गर्दै नेपालमा पनि नयाँ राजनीतिक शक्ति क्रियाशील छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा
-
अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख