जनकपुरधाममा सामाजिक सञ्जाल विधेयकविरुद्ध मसाल जुलुस

धनुषा । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकविरुद्ध आइतबार जनकपुरधामको रामानन्द चोकमा मसाल जुलुस निकालिएको छ। अखिल क्रान्तिकारी रा.ज.वी, रा.रा.ब क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा समाजसेवी निर्भय मिश्र र विद्यार्थी नेता सञ्जय महतोको विशेष सहयोगमा यो जुलुस आयोजना गरिएको हो।
जुलुसमा सहभागी युवा विद्यार्थीहरूले यो विधेयकलाई आपत्तिजनक बताउँदै यसमा पाइला पाइलामा सजाय र जरिवानाको व्यवस्था रहेकोले यसले नागरिक स्वतन्त्रतालाई हनन गर्ने बताए। उनीहरूले सञ्चार मन्त्री विरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन चेतावनी समेत दिएका छन् ।
जुलुसमा सहभागीहरूले सरकारले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई खोक्राउने गरी यस्तो कानुन ल्याएको आरोप लगाएका छन्। उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्नो विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन्।
युवाहरूले सरकारलाई नागरिकहरूको आवाज सुन्न र यो विधेयक फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूले यो विधेयकलाई लोकतन्त्र र मानव अधिकार विरोधी बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म