गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन वटा विधेयक पेस

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।
नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको हो ।
यस्तै ‘नेपाल प्रहरी विधेयक, २०८१’ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरिएको मन्त्री लेखकको भनाइ छ ।
यसैगरी ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ ले पनि सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको सरकारको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल
-
अख्तियारसहित ५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
-
मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ