यी हुन् माओवादी केन्द्रका प्रदेश इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)
![यी हुन् माओवादी केन्द्रका प्रदेश इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)](https://npcdn.ratopati.com/media/news/maoist_zD4HQWIJeq.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेशका इन्चार्जहरुको टुंगो लगाएको छ । प्रदेशमा सहइन्चार्ज पनि तोकेको माओवादी केन्द्रले आइतबार मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख रहेको एक नेताले बताए ।
ती नेताका अनुसार कोशी प्रदेशमा हरिबोल गजुरेल इन्चार्ज रहँदा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, .धर्मशीला चापागाई र सुरेशकुमार राई सहइन्चार्ज बनेका छन् ।
यसैगरी मधेश प्रदेशमा मातृकाप्रसाद यादव इन्चार्ज र विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान सहइन्चार्ज रहेका छन् ।
यसैगरी बागमति प्रदेशमा हितमान शाक्य इन्चार्ज र सहइञ्चार्जहरुमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल सहइन्चार्ज हुँदा गण्डकी प्रदेशमा दीनानाथ शर्मा इन्चार्ज हुँदा सहइन्चार्जमा हरिराज अधिकारी चयन भएका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल इन्चार्ज र कुलप्रसाद केसी सहइन्चार्ज चयन हुँदा कर्णाली प्रदेशमा कालीबहादुर मल्ल इन्चार्ज र टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही सहइन्चार्ज बनेका छन् ।
यसैगरी सदुरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेल इन्चार्ज चयन हुँदा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका छन् ।
अन्य प्रदेशमा को–को इन्चार्ज र सहइन्चार्ज ?
उपत्यका विशेष प्रदेश
इञ्चार्जः जयपुरी घर्ती
सहइञ्चार्जहरुः मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा
सम्पर्क समन्वय प्रदेश
इञ्चार्जः यशोदा सुवेदी
सहइञ्चार्जहरुः झक्कुप्रसाद सुवेदी, देबेन्द्र पराजुली र मानबहादुर बुढा
सार्क प्रवास प्रदेश
इञ्चार्जः लक्ष्मण पन्त
सहइञ्चार्जः ईश्वरी भण्डारी
एसिया प्रवास प्रदेश
इञ्चार्जः ओम शर्मा
सहइञ्चार्जः डिबी क्षेत्री
पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश
इञ्चार्जः सुरेन्द्र कार्की
सहइञ्चार्जः सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई