संगीतकार प्रीतमको स्टुडियोबाट ४० लाख रुपैयाँ चोरी

मुम्बई । भारतीय संगीतकार प्रीतम चक्रवर्तीको मुम्बईस्थित स्टुडियोबाट ४० लाख भारतीय रुपैयाँ चोरी भएको छ। स्टुडियोका कर्मचारी ३२ वर्षीय आशिष सायल पैसा लिएर फरार भएका हुन्।
यस विषयमा मुम्बईको मलाड प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ। घटनाको बारेमा प्रीतम चक्रवर्तीका म्यानेजरले रिपोर्ट गरेका हुन्। स्रोतका अनुसार, चोरी प्रीतम चक्रवर्तीको संगीत स्टुडियो, युनिमस रेकर्ड्स प्रा. लि. मा फेब्रुअरी ४ मा दिउँसो २ बजेतिर भएको थियो। उनको कार्यालय मुम्बईको गोरेगाउँमा अवस्थित छ।
त्यही दिन, एउटा प्रोडक्सन हाउसको एक सदस्यले ४० लाख रुपैयाँ भरिएको झोला कार्यालयमा ल्याए। उनले त्यो झोला प्रीतमका म्यानेजर विनीत छेड्डालाई दिए। सो समयमा आशिष सायल, अहमद खान र कमल दिशा पनि स्टुडियोमा उपस्थित थिए।
यस विषयमा एक प्रहरी अधिकारीले भने, 'पैसाले भरिएको झोला पाएपछि, म्यानेजरले ट्रली झोलामा राखे। त्यसपछि उनी केही कागजातहरूमा हस्ताक्षर गर्न त्यही भवनमा बस्ने प्रीतमको फ्ल्याटमा गए। फर्केर आउँदा उनले ट्रलीमा पैसा फेला पारेनन् । उनले तुरुन्तै अन्य कर्मचारीहरूसँग सोधपुछ गर्दा आशिष प्रीतमको घर जाने बहानामा पैसा भएको झोला लिएर स्टुडियोबाट निस्केका थिए।’
प्रबन्धकले आशिषलाई पनि सम्पर्क गर्ने प्रयास गरे, तर त्यसबेलादेखि उनको फोन स्विच अफ छ। त्यसपछि प्रबन्धकले प्रीतमलाई घटनाको बारेमा जानकारी गराए । प्रीतमले उनलाई तुरुन्तै उजुरी दर्ता गर्न भनेका थिए।
प्रहरीले थप भन्यो, 'हामीले चोरीको मुद्दा दर्ता गरेका छौं। हामी संदिग्धलाई पत्ता लगाउने प्रयास गरिरहेका छौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा