राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिताको उद्घाटन : खो खो र कबड्डीका खेलाडीहरु जनही ५० हजार रुपैयाँसहित सम्मानित

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता सुरु भएको छ । छनोट प्रतियोगिताको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आइतबार उद्घाटन गरिन् ।
आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहको अध्यक्षमा भएको उद्घाटन समारोहमा खो खो र कबड्डीका खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरियो । उद्घाटन समारोहका सामाजिक विकासमन्त्री मेघराज खड्का र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरे ।
सम्मानित हुने खो खो का खेलाडीमा खुस्बु राना, जोगेन्द्र राना, गणेश विक, वर्षा पण्डित तथा व्यवस्थापक कृष्णराज पनेरु र कबड्डी खेलाडी रामु टमटा र हरिश खत्री रहेका छन् ।
छनोट प्रतियोगिताको उद्घाटन भए पनि खेलहरू भने सोमबारदेखि सुरु हुनेछ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् ।
चर सय ५० जना निर्णायक पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडी सहभागी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने जनाएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन हुने छ ।
कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरू हुनेछन् । कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायतका खेलहरू हुनेछन् ।
छनोट प्रतियोगितामा अछामबाट एक सय ४१, बझाङबाट दुई सय ६३, बैतडीबाट दुई सय दुई, डोटीबाट दुई सय ९४, बाजुराबाट दुई सय ३९, दार्चुलाबाट दुई सय ३६, डडेल्धुराबाट दुई सय ४३, कैलालीबाट चार सय ३१ र कञ्चनपुरबाट चार सय २३ खेलाडी भाग लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन