माओवादीको केन्द्रीय कार्यालय र प्रचण्डको सचिवालयमा क–कसले पाए जिम्मेवारी ?
आइतबार, २७ माघ २०८१, २० : ११

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर भएको छ ।
केन्द्रीय कार्यालयको मुख्यसचिवमा गणेशमान पुनलाई ल्याइएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालयको मुख्यसचिवमा श्रीराम ढकाल थिए । यस्तै सचिवमा डोरप्रसाद उपाध्याय कायम रहँदा प्रचण्डको सचिवालय प्रमुखमा भने गोविन्द आचार्यलाई लगिएको छ ।
हालका सचिवालय प्रमुख रमेश मल्ललाई अन्यत्रको जिम्मेवारी दिइएको छ । यस्तै प्रचण्डको सचिवालयमा सन्तु दराई, गंगा दाहाल, गोकर्ण प्रसाद भट्ट र विश्वदीप पाण्डेलाई पनि राखिएको माओवादी स्रोतले बतायो । यसबारे आधिकारिक निर्णय गरेर आइतबार नै मातहतका कमिटीलाई पत्राचार गरिएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती