एआईजी केसीको राजीनामा गृह मन्त्रालयमा पठाइयो
आइतबार, २७ माघ २०८१, २० : ०१

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले बुझाएको राजीनामा गृह मन्त्रालयमा पठाइएको छ । सेवा अवधि बाँकी रहेकै अवस्थामा एआईजी केसीले घरायसी कारण देखाउँदै दुई दिन अघि राजीनामा दिएका हुन् ।
केसीको राजीनामा आइतबार गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जनाएको छ । केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
गृह मन्त्रालयले उनको राजीनामा मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी औपचारिक रूपमा प्रहरी सेवाबाट मुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन
-
मित्र राप्रउ पोखरेललाई सम्झनाका लहराहरूबाट श्रद्धासुमन
-
पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन
-
तीनकुने घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न राप्रपाको माग
-
तीनकुने घटनाको छानबिनका लागि छुट्टाछुट्टै तीन आयोग गठन गर्न राप्रपाको माग
-
रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम