बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर
आइतबार, २७ माघ २०८१, २० : ०२

सुर्खेत । सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए । आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण