राजनीति
फागुन १२ देखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
आइतबार, २७ माघ २०८१, १९ : ५९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार हालै बसेको कार्यालय बैठकले मिति तय गरेको र सो अभियान हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित भएर गरिने माओवादीका एक पदाधिकारीले बताए ।
यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूसँगको परामर्शका आधारमा तय गरिने ती नेताको भनाइ छ । यस्तै फागुन महिनामा शैक्षिक संस्था केन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान समेत सञ्चालन गरिने तय भएको छ । यससम्बन्धी ठोस कार्यक्रम पनि सम्बन्धित प्रदेश कार्यालयहरूले तय गरी कार्यान्वयन गर्ने माओवादीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीदेखि फलफूलसम्म : खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष