मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिलिजको केही घण्टामै लिक भयो नागा चैतन्य र साई पल्लवीको 'तन्डेल'

आइतबार, २७ माघ २०८१, १९ : ३७
आइतबार, २७ माघ २०८१

नयाँ दिल्ली । 'पुष्पा २' र 'विदमुयार्ची'पछि साउथको अर्को फिल्म पाइरेसीको सिकार बनेको छ ।

नागा चैतन्य र साई पल्लवी स्टारर  दक्षिण भारतीय फिल्म 'तन्डेल' शुक्रबार ७ फेब्रुअरीबाट हलमा रिलिज भएको थियो । तर, रिलिज हुनुभन्दा केही घण्टाअघि नै फिल्म केही वेबसाइटमा लिक भएको हो । 

रिपोर्टहरूका अनुसार फिल्म पाइरेसीका लागि परिचित टोरेन्टजस्ता वेबसाइटहरूमा डाउनलोड भइरहेका छन् । 

यसले फिल्मको बक्स अफिस कलेक्सनमा पनि ठूलो असर पार्नेछ । 'टण्डेल'का निर्माण पक्षले फिल्म लिक भएको बारे आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । 
यो सन् २०१८ मा भएको वास्तविक जीवनमा आधारित एक रोमान्टिक एक्सन थ्रिलर फिल्म हो।

यसलाइ चन्दु मोन्डेतीले निर्देशन गरेका हुन् । गीता आर्ट्सको ब्यानरमा बन्नी वासुले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप