खेलकुदमा उच्छृङ्खलतालाई छुट छैन : मन्त्री चौधरी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताएका छन् । यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्य सचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा बोल्दै मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त घटनाका विषयमा जानकारी लिन परिषद् पुग्नु भएका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय हो भन्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने र गराउन आफू पछि नहट्ने समेत बताउनु भएको छ ।
सोही अवसरमा मन्त्री चौधरीसँगै राखेपका उपाध्यक्ष ध्रुव आचार्यको पनि उपस्थिति थियो । आचार्यले गलत क्रियाकलाप गर्नेहरूलाई नियमानुसार कारबाही हुनु पर्ने बताए ।
त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरूका तर्फबाट उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गराउन आवश्यक पहल लिइदिन मन्त्री चौधरीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान