कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार
आइतबार, २७ माघ २०८१, १९ : २२
![कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार](https://npcdn.ratopati.com/media/news/screenshot-2025-02-09-192304_r8e59EhLkh.png)
काठमाडौँ । कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार गरिएको छ ।
आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको हिमाली गाउँपालिका बिच झुगोलामा कर्णाली नदी पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो ।
एस्काभेटर नदीमा फसे पछि नजिकै रहेको हिमाली गाउँपालिकाको पहलमा दुवै तर्फका नेपाल प्रहरी लगायत विभिन्न व्यक्तिहरूको प्रयासले करिब तिन घण्टा पछि तीन जनाको डुङ्गाबाट उद्धार गरिएको हो ।
आवश्यक मेसिन तथा उपकरण अभावले एस्काभेटर भने कर्णाली बाट निकाल्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन