सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा एकको मृत्यु, एकजना घाइते

आइतबार, २७ माघ २०८१, १९ : १४
आइतबार, २७ माघ २०८१

अछाम । जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । उनका अनुसार सोही पहिरोमा परी मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । 

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप