सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा

आइतबार, २७ माघ २०८१, १९ : ०४
आइतबार, २७ माघ २०८१

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् । 

कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरुरी रहेकाले एक ढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

‘हामी मिले कसैले हराउन सक्दैन, त्यस कारण पार्टीभित्र एकता हुन जरुरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन,’ सभापति देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।’

यसै गरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘दाङमा ठुला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरुरी छ । यो दाङको आवश्यकता हो । यस कार्यमा मैले पनि पहल गर्नेछु,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप