एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ चयन
आइतबार, २७ माघ २०८१, १८ : ४१
![एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ चयन](https://npcdn.ratopati.com/media/news/messenger_creation_08401278-cbad-4e83-906a-9fdb78c326d7_aME9wo515l.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो। त्यसै गरि उपाध्यक्षमा अशोक थापा,कल्याण दाहाल,किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं,डम्बर सिंह, राजकिशोर यादव,नरेश न्यौपाने रहेका छन्।।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन्। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक