लागुऔषधसहित तीन जना पक्राउ
आइतबार, २७ माघ २०८१, १८ : २९

झापा । दमक नगरपालिका-६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका-७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-८ बाट ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुल सहित दमक नगरपालिका-८ बस्ने २५ वर्षीय प्रतिक श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण