वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णय, व्यवसायीहरूकै विरोध
![वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णय, व्यवसायीहरूकै विरोध](https://npcdn.ratopati.com/media/news/1878375017baideshik_rojgar_qfb189i0zk_wWk6CqlN1k.jpg)
काठमाडौँ । फागुन २ गतेका लागि तय भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचन सर्ने भएको छ । तयारी नपुगेको तथा केही व्यवसायी संस्थाहरूबिचको लफडाका कारण यसअघि तोकिएको मितिमा निर्वाचन नहुने भएको हो ।
अब २०८२ को असार १७ गते हुने संघको स्थापना दिवस अघि नै गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र भण्डारीले बताए । व्यवसायीहरूले उठान गरेका विभिन्न मुद्दाहरू, संघको भवन बनाउने विषय, विधान संशोधन लगायतका विषयमा विवाद उठेपछि तोकिएको मितिमा निर्वाचन गर्न असम्भव भएको अध्यक्ष भण्डारीले बताए ।
साधारणसभा तथा निर्वाचनको मिति सार्ने संघको निर्णयमा व्यवसायीहरूले भने विरोध जनाएका छन् । चुनावी प्रक्रिया नै अघि बढिसकेको अवस्थामा एकाएक सार्ने निर्णय गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन् ।
संघको निर्वाचनका लागि राजनीतिक दल निकटका व्यवसायी संस्थाहरू प्यानल बनाउँदै हिँडेका छन् । निर्वाचनका लागि ३ वटा प्यानल समेत घोषणा भैसकेको थियो । लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने एसोसिएसनकै असन्तुष्ट पक्षले कुमुद खनालको नेतृत्वमा अर्को प्यानल बनाएका थिए । त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलालको नेतृत्वमा अर्को प्यानलको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल