मोही किसानले गरे घोराहीमा प्रदर्शन
_Sy1pKUL9JF.jpg)
बुटवल । केही दिनदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठीका मोही किसानले आज दाङमा पनि विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन जारी राखेका हुन् ।
विभिन्न प्लेकार्डसहित घोराही-१४ झिगौराबाट निस्केको र्यालीले घोराही बजार परिक्रमा गरेको थियो । २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो । जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो ।
तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले एक हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका किसानहरूले मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । उनीहरूले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म