सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

फेरि अर्को विद्रोह आवश्यक रहेको महसुस गरेको छु : प्रचण्ड

आइतबार, २७ माघ २०८१, १८ : १४
आइतबार, २७ माघ २०८१

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि अर्को विद्रोह आवश्यक भएको आफूले महसुस गरेको बताएका छन् । संविधान निगरानी समूहले आइतबार काठमाडौँमा गरेको विचार गोष्ठीमा बोल्दै उनले विद्रोहको आवश्यकता रहेको बताएका हुन् ।

‘देशले फेरि अर्को विद्रोह आवश्यक भएको मैले नै महसुस गरेको छु । अहिले म विद्रोहमा पुगेँ भन्ने निष्कर्षमा पुगेको होइन । तर प्रदेशलाई अधिकार नदिने । उत्पीडित समुदायलाई अधिकार नदिने हो भने संविधान संशोधनको जामा लगाएर निकास आउँदैन । संविधान संशोधन गर्न उहाँ (कांग्रेस–एमाले) सँग योजना पनि छैन । यदि राजनीतिक स्थायित्व र शान्ति प्रक्रिया टुङ्गोमा पुग्नका लागि ठुला दलहरू मिल्नुको कुनै विकल्प छैन । नभए जनता चरम निराशामा छन् । विद्रोहको स्थिति धेरै टाढा छैन’, उनले भने ।  

यस्तै वर्तमान केपी ओली नेतृत्वको गठबन्धन सरकार संविधानसंवत नबनेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप