धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
आइतबार, २७ माघ २०८१, १७ : ३२

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगागत प्लेटफर्मबाट धार्मिक सहिष्णुतामा खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राई रहेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार राईले सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको पाइएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा गत माघ २५ गते पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक अवस्थीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा