ब्रेकिङ समाचार
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
आइतबार, २७ माघ २०८१, १७ : ३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई विशेष जिम्मेवारी दिएको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई राजनीतिमा स्वागत गर्ने निर्णय गर्दै विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।
माओवादीले विशेष जिम्मेवारी भनेर उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको एक उच्च नेताले रातोपाटीलाई बताए । यससँगै अब उनी सक्रिय राजनीतिमा फर्किने भएका छन् ।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । तर उनलाई पार्टीले कुनै जिम्मेवारी भने दिएको थिएन ।
पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो । समाचार पछि यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो