नेपाल लाइफको नाफा बढ्यो, २ खर्ब १७ अर्बको बीमाकोष
![नेपाल लाइफको नाफा बढ्यो, २ खर्ब १७ अर्बको बीमाकोष](https://rpcdn.ratopati.com/media/albums/nepallife-nepali_xVUDOiEvJ0.jpg)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक विवरण अनुसार इन्स्योरेन्सको नाफा करिब १० प्रतिशतले बढेको हो । यस अनुसार कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले कमाएको नाफा प्रतिशेयर ११.१४ प्रतिशत रुपैयाँ हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी प्रतिशेयर १०.४२ रुपैयाँ रहेको थियो । यद्यपि यो लाभांश वितरण बीमांकीय मूल्यांकनको आधारमा कायम हुने भएकोले यो आम्दानीले लाभांश दरलाई भने इङ्गित गर्दैन ।
अहिले नेपाल लाइफ इन्स्योरेन्सको बीमाकोष २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको भन्दा करिब २० प्रतिशत बढी हो । गत वर्ष पुसमा सो कम्पनीको बीमाकोषको आकार १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।
यो अवधिमा अहिले नेपाल लाइफको कुल १५ लाख ६५ हजार बीमालेख जारी भएका छन् । यो वर्ष मात्रै ३ लाख ७४ हजार पोलिसी जारी भएको कम्पनीले जनाएको छ । यो संख्या अघिल्लो वर्ष १ लाख १६ हजार मात्रै थियो ।
कम्पनीले प्रथम बीमाशुल्कबापत ४ अर्ब ७ करोड, नवीकरण बीमाशुल्कबापत १८ अर्ब ३२ करोड, एकल बीमाशुल्कबापत १ अर्ब ५५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो अवधिमा १ अर्ब २७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको कम्पनीको विवरणमा उल्लेख गरिएको छ ।
नेपाल लाइफले १ खर्ब ४१ अर्ब ९५ करोड रुपैयाँ दीर्घकालीन लगानी गरेको छ । २६ अर्ब ९९ करोड अल्पकालीन लगानी तथा ३५ अर्ब २४ करोड पोलिसी होल्डरका लागि वितरण गरेको छ । अहिले कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । कम्पनीले अहिले पोलिसीहोल्डरलाई ५५ देखि ८५ रुपैयाँ प्रतिहजारसम्मको बोनस प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मको चक्करमा ठगिइन् पूर्व मुख्यमन्त्रीकी छोरी
-
यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद
-
डा. बाबुराम भट्टराईको नजरमा नेपाली अर्थ–राजनीतिको सिंहावलोकन
-
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !