नामिबियाका प्रथम राष्ट्रपतिको निधन
आइतबार, २७ माघ २०८१, १७ : ०२

विन्डहोक । नामिबियाका क्रान्तिकारी नेता साम नुजोमाको निधन भएको छ । ९५ वर्षको उमेरमा नुजोमाको निधन भएको हो । १९९० मा रङ्गभेद व्याप्त दक्षिण अफ्रिकाबाट नामिबियालाई स्वतन्त्रता बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नामिबिया स्वतन्त्र भएको पहिलो १५ वर्षसम्म नुजोमा यसको राष्ट्रपति थिए । नामिबियाका वर्तमान राष्ट्रपति नाङ्गोलो एमबुम्बाले आइतबार नुजोमाको मृत्यु भएको बताएका छन् ।
राजधानी विन्डहोकको अस्पतालमा भर्ना भएर उपचाररत नुजोमाको शनिवार राति मृत्यु भएको एमबुम्बाले बताए । आफ्नो देशलाई औपनिवेशिक वा गोरा अल्पसंख्यक शासनबाट बाहिर निकाल्नेमा उनी दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, जिम्बाब्वेका रोबर्ट मुगाबे, जाम्बियाका केनेथ काउन्डा र मोजाम्बिकका सामोरा माचेल लगायत अफ्रिकी नेताहरूको पुस्ताका अन्तिम व्यक्ति थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ