दक्षिण अफ्रिकी टोलीमा तीन परिवर्तन

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । प्रतियोगिताका लागि सहभागी आठवटै टोलीले प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।
तर, दक्षिण अफ्रिकाले आइतबार आफ्नो टोलीमा परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीका लागि घोषित आफ्नो प्रारम्भिक टोलीमा केही परिवर्तन गर्दै तिब्रगतिका बलर कोर्बिन बोश्चको नाम थपेको छ । ३० वर्षीय बलर कोर्बिनले गत डिसेम्बरमा खेलिएको पाकिस्तानविरुद्ध खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । पाकिस्तानविरुद्धको त्यो शृंखलामा एनरिच नोर्खिया घायते भएकाले कोर्बिनले टोलीमा स्थान पाएका थिए ।
च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाले बायाँहाते तिब्रगतिका बलर क्वेना मफाकालाई पनि टोलीमा स्थान दिएको छ । तर, उनी रिजर्भ खेलाडीका रुपमा टोली सहभागी हुनेछन् । अहिले दक्षिण अफ्रिकी टोली पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिरहेको छ ।
त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीका रुपमा न्युजिल्यान्डको सहभागिता रहेको छ । दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा टोनी डी जोर्जीलाई पनि समावेश गरेको छ । यी तीनैजना खेलाडी आइतबार नै पाकिस्तान प्रस्थान गर्ने बताइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?