सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

आइतबार, २७ माघ २०८१, १६ : ५०
आइतबार, २७ माघ २०८१

पोखरा । पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोकिएको हो ।

दुर्घटनामा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको बैदाम प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते उनीहरुको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप