शङ्कर पोखरेल भन्छन्– राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्छ
![शङ्कर पोखरेल भन्छन्– राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्छ](https://rpcdn.ratopati.com/media/albums/shankar_pokhrel_3GXbWTvLtO.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने बताएका छन् । राजधानीमा आइतबार भएको विचार गोष्ठीमा बोल्दै उनले त्यसका लागि संविधान संशोधन भएन कानुन संशोधन गर्न आवश्यक नभएको तर्क गरे ।
‘स्थायित्वको आधार खोज्ने कुरामा निर्वाचन प्रणालीमा पनि सुधार गर्न सकिन्छ । कानुनमा सुधार गरेर पनि स्थायित्व गर्न सकिन्छ । संविधानमा संशोधन गरी स्थायित्वको आधार खोज्दा कानुन संशोधन गर्नै पर्दैन । त्यसका लागि ५ प्रतिशत थ्रेसहोल्ड राख्ने कुराले स्थायित्वका लागि सहज गर्छ भन्ने हाम्रो मान्यता हो । दलहरूको ह्विप सम्बन्धमा अहिले जस्तो व्याख्या गरेको त्यसमा सुधार गर्न आवश्यक छ’, उनले भने ।
कानुन निर्माण परस्पर विरोधी धारको संशोधन आएकाले वर्षौँसम्म विधेयक संसदमा अड्किएको पोखरेलले दाबी गरे । पछिल्लो समय दुई ठुला दल (कांग्रेस–एमाले) ले प्रक्रिया अगाडि बढाएको उनले प्रस्ट पारे । पोखरेलले अन्य दलसँग पनि छलफल गर्ने प्रक्रिया सुरु भएको जिकिर गरे ।
जनतामा उत्पन्न भएको निराशालाई अन्त्य गर्न संविधान संशोधनको विकल्प नभएको उनले बताए । सङ्घीय गणतान्त्रिक भविष्यमाथि नै प्रश्न उठेका बेला सरकारले ल्याएको अध्यादेशले सहयोग पुर्याउने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै
-
तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
-
स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई
-
भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक