सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

शीर्ष नेताले द्वैध चरित्र देखाउने प्रवृत्ति मौलायो : पदम गिरी

आइतबार, २७ माघ २०८१, १६ : ४४
आइतबार, २७ माघ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सत्ताबाट बाहिरिने वित्तैकै नेपाली राजनीतिका शीर्ष नेताहरूले द्वैध चरित्र देखाउने प्रवृत्ति मौलाउँदै गएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले माओवादी अध्यक्ष प्रचण्डले माघ २४ गते दिएको अभिव्यक्ति द्वैध चरित्रको एक नमुना भएको बताएका हुन् । 

‘सरकार संसद् छल्न खोज्यो, डराएर भाग्यो भन्ने जसरी उहाँ प्रस्तुत हुनुभयो’, उनले अघिल्लो वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुँदा माघ २२ गते मात्र संसद्को पहिलो बैठक बसेको स्मरण गराए । 

‘गत सालको भन्दा यसपटक चारपाँच पटक अघि नै बैठक बसेको छ’, उनले भने, ‘गत साल माघ २२ गते बैठक बोलाउँदा संसद् छलेको भएन, भागेको भएन । तर अहिले १८ गते बैठक बस्दा सरकार भागेको, लुकेको र डराएको भन्ने भाष्य स्थापित गर्न खोजिएको छ यो शीर्ष नेतृत्वबाट यस्तो अभिव्यक्ति आउने कुरा सैह्य स्वाभाविक हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप