सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
दुर्घटना

महोत्तरी बस दुर्घटना अपडेट : ३० जना घाइते, चालक पक्राउ

आइतबार, २७ माघ २०८१, १६ : ४१
आइतबार, २७ माघ २०८१

जनकपुर । महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ । 

जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए । 

उनका अनुसार  महोत्तरीको पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा बस अनियन्त्रित भई दुर्घटना भएको हो । 

बस दुर्घटनामा घाइतेमध्ये  ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको चौहानले बताए । 

घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको  छ । प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए । प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप