नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध अर्को मुद्दा दायर

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ पच्चीस पैसा वैध आर्जन गरेको देखिएको घिमिरेको भनाइ छ ।
जबकि उनले अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा खर्च तथा लगानी गरेको देखिएको घिमिरेले जानकारी दिए ।
यस आधारमा निजको जाँच अवधिको कूल/समग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक हुन गई जाँच अवधिमा आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उनन्सत्तरी पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएसँगै सोही रकम बराबरको बिगो र जरिवाना मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेको भनाइ छ ।
यसअघि उनीविरुद्ध ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन पुलमा क्षति
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा