प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : यो सरकार कसरी असंवैधानिक भयो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक र असंवैधानिक भनेर दिएको अभिव्यक्ति आवेगात्मक भएको टिप्पणी गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले पछिल्ला संसद्का अधिवेशनहरूमा संसद्प्रति आस्था, नेतृत्वप्रति भरोसा र देशप्रति विश्वास बढाउन नसकेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
‘संसदमा हाम्रो आवेगात्मक प्रस्तुतिले हाम्रो छविलाई असर गरेको छ । शब्द र शैलीमा विनम्रताका साथ विषयवस्तुको कठोरता र दृढतालाई प्रस्तुत गर्न सकिन्छ’, महामन्त्री शर्माले भने, ‘हामीले विधायिकी कर्ममा हाम्रो योग्यता राम्रोसँग प्रस्तुत गर्न सकेनौँ ।’
उनले एकपछि अर्को सरकार र प्रधानमन्त्री बनाउने क्षमता र गतिमा विधेयकहरू पारित हुन नसक्नुलाई उदाहरणका रूपमा पेस गरे । शर्माले भ्रष्टाचार निवारण विधेयक २०७६ आएको भए पनि अहिलेसम्म टुङ्गोमा पुग्न नसक्नु दुखद भएको बताए ।
‘यसमा म कसलाई दोष मानौँ ? त्यसपछि पनि हाम्रो पार्टी सरकारमा थियो, अहिले पनि छ । एमाले पनि थियो अहिले पनि छ’, उनले भने, ‘अहिलेको प्रतिपक्ष ६२ पछि सबैभन्दा बढी सरकारमा छ । त्यसैले एउटाले अर्कोलाई दोष दिएर उम्कने प्रयास नगरौँ ।’
उनले भ्रष्टाचार निवारण, निजामती कर्मचारी, शिक्षा र अख्तियारलगायतका विधेयक यो अधिवेशनबाट टुङ्गोमा पुर्याउनुपर्ने भन्दै अनि मात्र आस्था, आशा र भरोसा बढाउन सकिने बताए । ‘त्यसका लागि हाम्रो दोहोरो मानसिकताको मापदण्ड भत्काउनुपर्छ’, शर्माले माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई अवैधानिक र प्राकृतिक भनेर संसदमै भनेकोप्रति शर्माले कटाक्ष गरे ।
‘प्रमुख प्रतिपक्ष दलको नेता, पूर्व प्रधानमन्त्रीले माघ २४ गतेको सम्बोधनमा वर्तमान सरकार संवैधानिक पनि नभएको र प्राकृतिक पनि नभएको टिप्पणी गर्नुभयो’, शर्माले भने, ‘कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? अनि कांग्रेस एमाले मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ?’
शर्माले दुई वटा भिन्न गठबन्धन मिलेर सरकार बन्नु समयको बाध्यता, गणितीय बाध्यता र परिस्थितिको बाध्यता भन्दै प्रस्ट रूपमा भन्नुपर्दा एकदमै प्राकृतिक हो भनेर बसैले पनि दावा नगरेको बताए । तर उनले सरकार संवैधानिक रूपमै गठन भएको उनको दाबी छ । उनले एउटै संविधान, उही धारा प्रयोग गरेर कांग्रेसको समर्थन माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक हुने तर त्यही संविधान, त्यही उपधारा र त्यही नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा त्यो कसरी असंवैधानिक ? भनेर प्रश्न गरे ।
उनले प्रचण्डको उक्त अभिव्यक्त आवेगात्मक भएको बताए । उनले प्रचण्डले चोर बाटोबाट अध्यादेश ल्याएको भन्ने कुराको पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने