पेस्की रकमको विषयमा धनुषामा प्रधानाध्यापक र शिक्षकबिच घम्साघम्सी
![पेस्की रकमको विषयमा धनुषामा प्रधानाध्यापक र शिक्षकबिच घम्साघम्सी](https://npcdn.ratopati.com/media/news/ghmsa_n2BVRDDUxT.png)
जनकपुर । पेस्की रकमको विषयमा विवाद हुँदा धनुषाको कमला नगरपालिकामा शिक्षक र प्रधानाध्यापकबिच घम्साघम्सी भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर–२ स्थितको जनहित मावि माठि झिठकैयामा शिक्षकले मागेको पेस्की रकम नदिँदा विवाद भएको हो ।
जनहित माविका प्रधानाध्यापक जगरनाथ यादव र निमावि राहतका शिक्षक रोहित यादवबिच आइतबार बिहान स्कुलमै घम्साघम्सी भएको हो ।
शिक्षक यादवले आफ्नो आमा बितेको भन्दै प्रधानाध्यापक जगरनाथ यादवसँग पेस्की रकम माग गरेका थिए । यही पेस्की रकम दिन आलटाल गरेपछि विवाद भएको शिक्षक यादव बताउँछन् ।
रातोपाटीसँग कुरा गर्दै शिक्षक यादवले भने, ‘मेरो आमा बित्नुभएको छ, सोही कामका लागि क्रिया खर्च मागेको हुँ । तर त्यो पैसा दिन नखोज्दा विवाद भएको हो । कुटाकुट त होइन तर घम्साघम्सी भएको हो ।’
उनका अनुसार प्रधानाध्यापकले आफ्नो समर्थक शिक्षकलाई चाहेको बेला पेस्की रकम दिने गरेका छन् । उनले भने, ‘तर, मैले आमा बित्दा पेस्की रकम मागेको हुँ, त्यसमा पनि उहाँबाट आलटाल भयो, त्यहीँ भएर विवाद सृजना भएको हो ।’ शिक्षक यादवले क्रिया खर्चका लागि ५० हजार रुपैयाँ पेस्की रकम माग गरेको बताए ।
यता प्रधानाध्यापक जगरनाथ यादवले पनि पेस्की रकम नदिँदा विवाद भएको स्वीकारेका छन् । उनले भने, ‘मसँग शिक्षक रोहितले ५० हजार रुपैयाँ क्रिया खर्चबापत पेस्की मागेका थिए । तर अहिले पैसा छैन, २५ हजार दिन्छु मैले भनेको थिएँ । यही विषयमा उसले मसँग आएर विवाद गरेका हुन् ।’
शिक्षक यादवले आफूसँग उच्छृङ्खल व्यवहार गर्दै आफ्नो कोठा बन्दसमेत गरेको प्रधानाध्यापक यादवको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन हुँदै
-
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात
-
किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?
-
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति
-
इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो
-
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल