सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना

आइतबार, २७ माघ २०८१, १६ : ११
आइतबार, २७ माघ २०८१

काठमाडौँ ।  धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो। 

आफैँ अनियन्त्रित भएको ना५ख २८५१ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि  लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय  महोत्तरीले जनाएको छ।

बसमा सवार अरू यात्रु पनि यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप