अध्यादेशको बारेमा जसपा नेपालले अझै अनिर्णीत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपाल सरकारले ल्याएको अध्यादेशको विषयमा अझै अनिर्णीत बनेको छ ।
अध्यादेशको बारेमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन समेत बुझाइसकेको छ । तर पार्टी अझैसम्म अनिर्णीत बनेको हो ।
अध्यादेशको बारेमा निर्णय लिन आइतबार बसेको संसदीय दलको बैठक समेत अनिर्णीत बन्न पुगेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेशलाई संसदको कार्यसूचीमा ल्याएपछि मात्र आफूहरूले निर्णय गर्ने बताए ।
‘अहिले नै अध्यादेशको बारेमा धारणा बनाउन आवश्यक छैन’, उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाएको छ । त्यसलाई अध्ययन गर्ने काम भइरहेको छ र सरकारले कार्यसूचीमा राखेपछि त्यसको बारेमा तत्कालै निर्णय गर्छौँ ।’
सरकारमा जानका लागि बार्गेनिङ भइरहेको चर्चा छ नि भनेर सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले आफूहरूलाई सत्ता नचाहिएको बताए । जसपा नेपालले सत्ताका लागि बार्गेनिङ गरिरहेको भनेर भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उनले सत्ताका लागि कसैसँग कुनै पनि किसिमको बार्गेनिङ नभएको दाबी गरे ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले जसपा नेपालको बारेमा चलाइएको विभिन्न हल्लाको बारेमा पनि बैठकमा छलफल भएको बताइन् ।
अध्यादेश जसपा नेपालका कारण होइन, सत्ताधारी दलकै कारण कार्यसूचीबाट हटेको दाबी गर्दै उनले अध्यादेशको बारेमा निर्णय लिन कुनै हतार नरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !