घट्यो सेयर बजार, एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार
आइतबार, २७ माघ २०८१, १५ : २७

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम भएको हो ।
यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक बाहेक अरू सबै उपसूचक राताम्मे भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो