संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौँ । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताए । उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘डकुमेन्टहरूमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महसुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’ उनले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्न महसुस देखिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम कन्सर्टअघि १९७४ एडीका सदस्यहरूले विश्व शान्तिको कामना गर्दै उडाए परेवा
-
पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
-
अमेरिकामा विमान दुघर्टना, उड्ने बित्तिकै घरमाथि खस्यो
-
पूर्वराजा ज्ञानेन्द्रबारे रास्वपाका दुई निष्कर्ष
-
विश्व नेवा संगठन किन ?
-
कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा