अध्यादेश सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला भएको छैन: ओली
आइतबार, २७ माघ २०८१, १५ : ०७
१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले अध्यादेश सम्बन्धमा सोधेको प्रश्नबारे जवाफ दिने क्रममा उनले अध्यादेशलाई मत विभाजनमा लैजाने बेला नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आई नसकेको उल्लेख गरे ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।