‘३६–२४–३६’ हो त महिलाको पर्फेक्ट फिगर ?
![‘३६–२४–३६’ हो त महिलाको पर्फेक्ट फिगर ?](https://npcdn.ratopati.com/media/news/d13b8n5o_26_625x300_08_february_25_HYGAZztz1q.webp)
काठमाडौं । महिलाहरूको पर्फेक्ट फिगरबारे कुरा गर्दा धेरैले ३६–२४–३६ इन्च पर्फेक्ट फिगर मान्दछन् । टेक्सास विश्वविद्यालयले गरेको एउटा अनुसन्धान अनुसार बेलायती मोडेल केली ब्रुकको फिगर संसारकै सबैभन्दा पर्फेक्ट छ ।
उनी न त मोटी छिन् न पातली । तर उनको फिगर ३६–२४–३६ छैन । केली ब्रुकले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । उनले धेरै सौन्दर्य प्रतियोगिता जितेकी पनि छिन् । सौन्दर्य प्रतियोगिताबाहेक, उनले टिभी कार्यक्रम, संगीत भिडियो र चलचित्रमा पनि उत्कृष्ट काम गरेकी छिन् ।
उनको फिगर ३९–२५–३६ इन्च छ । अनुसन्धानका अनुसार, यसलाई महिलाहरूको उत्तम अनुपात मानिन्छ । केली यो अनुपातमा पूर्ण रूपमा फिट हुन्छिन् । उचाइको कुरा गर्दा १ दशमलव ६८ मिटरलाई उत्तम उचाइ मानिन्छ । यस अनुसन्धानमा महिलाको उचाइ, उनको कपाल, उनको तौल, अनुहारको आकार, फिगर, आकारसँग सम्बन्धित धेरै प्यारामिटरहरू समावेश गरिएको थियो । यी सबैमा केलीले आफ्नो योग्यता प्रमाणित गरिन् र संसारकै उत्कृष्ट फिगर भएकी महिला बनिन् ।
को हुन् केली ब्रुक ?
केली ब्रुकको जन्म १९७९ को नोभेम्बर २३ मा भएको थियो । उनले १६ वर्षको उमेरमा आफ्नो मोडलिङ करियर सुरु गरेकी थिइन् । उनले धेरै विज्ञापनमा खेलेकी छिन् । सन् १९९८ देखि २०१५ सम्म एफएचएम १०० सेक्सी महिलाको काउन्टडाउनमा उनी हरेक वर्ष परेकी थिइन् । सन् २००० मा फिल्म सॉर्टेडमा सानो भूमिकाबाट उनले आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले धेरै हलिउड फिल्महरूमा पनि काम गरिन् । यसबाहेक, उनी म्युजिक भिडियो, टेलिभिजन, एन्करिङ र रियालिटी शोहरूमा पनि देखा परिसकेकी छिन् ।
पर्फेक्ट फिगर कसरी बनाउने ?
तपाईं पनि आफ्नो फिगर केली ब्रुकको जस्तै होस् भन्ने चाहनुहुन्छ भने यसका लागि स्वस्थ आहार अपनाउनु निकै जरुरी छ । हरेक दिन खाफ्नो खानामा सही मात्रामा प्रोटिन, फाइबर, स्वस्थ बोसो र कार्बोहाइड्रेटलाई समावेश गर्नुपर्छ । यसबाहेक, खानामा हरियो तरकारी, फलफूल, भिटामिन र खनिजहरू समावेश गर्नुहोस् । दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुहोस् । चिल्लो प्रशोधित र चिनीयुक्त खानेकुराबाट टाढै रहनुहोस् ।
नियमित व्यायाम पनि अनिवार्य
फिगरलाई पर्फेक्ट बनाउने हरेक दिन दौडने, साइकल चलाउने, पौडी खेल्ने, नृत्य गर्ने आदि जस्ता कार्डियो कसरत गर्न सकिन्छ । यसबाहेक, योगा र स्ट्रेचिङले पनि शरीरको लचिलोपन बढाउन सकिन्छ । शरीरलाई पफेक्ट शेप दिन वेट ट्रेनिङ पनि जरुरी छ ।
फिगरलाई पर्फेक्ट बनाउन कसरत र आहारको खाँचो छ नै सही जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण छ । हरेक दिन कम्तिमा ७ देखि ८ घण्टा निदाउन जरुरी छ । ध्यान, गहिरो श्वासप्रश्वासको अभ्यास र मानसिक शान्ति आदि पनि धेरै महत्त्वपूर्ण छन् ।
(अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो
-
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
-
अमेरिकी प्रभाव विस्तारको औजार यूएसएआईडीको कथा
-
म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु !
-
नेपालका वामपन्थीलाई भुत्ते बनाउन यूएसएआईडीले लगानी गर्थ्यो
-
‘वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ’