मिस नेवाः का प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको ‘मिस नेवाः ११४५’का २० जना प्रतिस्पर्धिहरुले आ–आफ्नो ट्यालेन्ट शो गरेका छन् । राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरूले आफ्नो प्रतिभा देखाएका हुन् ।
आयोजक एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागी भएका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा उनीहरूले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख आतिथि रहेको कार्यक्रममा समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस नेवाः ब्युटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने आयोजक हेमा मानन्धरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो
-
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
-
अमेरिकी प्रभाव विस्तारको औजार यूएसएआईडीको कथा
-
म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु !
-
नेपालका वामपन्थीलाई भुत्ते बनाउन यूएसएआईडीले लगानी गर्थ्यो
-
‘वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ’