बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
प्रहरी विधेयक

प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव

आइतबार, २७ माघ २०८१, १४ : ५०
आइतबार, २७ माघ २०८१

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो । मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ ।

विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ । उनीहरू उमेर हद पुरा गरेर अनिवार्य अवकाशमा जान्छन् । प्राविधिकतर्फ प्रहरी नायव उपरीक्षक र सो भन्दा माथिको पदमा ६० वर्ष पुरा गर्नेहरू अनिवार्य अवकाशमा जान्छन् । इन्स्पेक्टर र सोभन्दा मुनिको पदमा ५८ वर्ष उमेर हद लागू गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप