चैत धानको ब्याड राख्न जमिनको तयारी गर्न सुझाव
![चैत धानको ब्याड राख्न जमिनको तयारी गर्न सुझाव](https://rpcdn.ratopati.com/media/albums/Nark-krishi-anusandhan_wQUraSQSFM.jpg)
काठमाडौँ । चैत धानको ब्याड राख्नका लागि जमिनको तयारी गर्न सुझाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले चैत धानको ब्याड राख्नका लागि जमिनको तयारी गर्न सुझाइएको हो । केन्द्रले चैते धानको लागि ब्याड बनाउँदा १ मिटर चौडाइ र जमिन हेरी लम्बाई कायम गर्न सकिने उल्लेख गरेको छ ।
दुई ब्याड बिचमा ४०–५० से.मी. (२ बित्ता) को नाली बनाउनुका साथै ब्याड बनाउनुअघि राम्ररी पाकेको कम्पोस्ट वा गोबर मल २–२.५ के.जी. प्रति वर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउन सुझाइएको छ । ब्याडमा बिउ राख्नुअघि युरिया ४ ग्राम, डीएपी ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मिटरको दरले माटोमा मिलाउन केन्द्रको सुझाव छ ।
केन्द्रका अन्य सुझावहरू
–यस वर्षको हिउँदे अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनुपर्ने कुल वर्षाको ९.५ प्रतिशत मात्र रहेको जुन सरदर भन्दा कम रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरूमा निरन्तर चिस्यान अनुगमन गरी सिँचाइ व्यवस्थापन गर्नुहोस् ।
–गहुँमा लाग्ने सिन्दुरे रोग व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम. एल. वा नाटिभो ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०–१२ दिनको फरकमा आवश्यकता अनुसार २–३ पटकसम्म पातहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्नुहोस् ।
–फलफूल बालीमा कालो ध्वाँसे ढुसी यस मौसममा प्रशस्त देखिन सक्छ । नयाँ पात र पालुवामा कालो ध्वाँसे ढुसी देखिएमा १५ एम.एल खनिज तेल प्रतिलिटर पानीमा घोली १०–१२ दिनको फरकमा ढुसी लागेको भाग भिज्ने गरी छर्कनुहोस् ।
–आलुको भण्डारणमा लाग्ने पुतली (जोताहा कीरा)ले सामान्यतया भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएता पनि आलु खनिसकेपछि खेतमा नै थुपारेर राख्दा जोताहा किराको पुतलीले फुल पार्ने र भण्डारणमा नोक्सानी गर्ने भएकोले खन्ने बेलामा सावधानी अपनाउनुहोस् ।
–जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ केजी, हड्डीको धुलो १०० ग्राम, पिना १०० ग्राम, डीएपी ४० ग्राम पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३÷३ ग्रामका दरले माटोमा मिसाई बिरुवा लगाउन सुरु गर्नुहोस् ।
–लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस् । रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता विषादीहरू २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्ने गरी ३–४ पटक सम्म छर्केर उपचार गर्नुहोस् ।
–खोरेत तथा चरचरे रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरूमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस् । प्रकोप बढी देखिने ठाउँमा ६–६ महिनामा दोहोर्याउनुहोस् ।
–पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डाले घाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरि आगो लाग्नबाट बचाउन २–३ मिटर चौडाइमा घाँसपात पतिङ्गर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता