सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

मोबाइल चोरी भयो, तुरुन्तै गर्नुस् यी काम

आइतबार, २७ माघ २०८१, १४ : ३०
आइतबार, २७ माघ २०८१

काठमाडौँ । मोबाइल चोरी हुनु वा हराउनु हिजोआज सामान्य कुरा भइसकेको छ । हिँड्दा हिँड्दै जोकोहीको गोजीबाट पनि फोन खस्न वा चोरिन सक्छ । तपाईँको फोन चोरी भयो वा हरायो भने के गर्ने छ । फोन हरायो भनेर आत्तिनुको सट्टा तुरुन्तै केही महत्त्वपूर्ण कदम चाल्नुभयो भने हराएको फोनमा रहेका डेटा सुरक्षित राख्न त सकिन्छ नै फोन फिर्ता पाउने सम्भावना पनि बढ्नेछ ।

सही समयमा लिइएको कदमले क्षति कम गर्न सकिन्छ । आजको यस लेखमा हामी तपाईँलाई पाँच महत्त्वपूर्ण चरणहरू बताउँदैछौं, जसलाई पालना गरेर तपाईंले आफ्नो फोन ट्र्याक गर्न सक्नुहुने छ र फोन फिर्ता पाउने सम्भावना पनि बढाउन सकिन्छ । 

ट्र्याकिङ 

तपाईको मोबाइल एन्ड्रोइड हो भने ‘फाइन्ड माई डिभाइस’ एप वा साइट प्रयोग गर्नुस् । अरु कुनै फोन वा कम्प्युटरमा android.com/find मा लग इन गर्नुस् । यहाँबाट तपाईंले फोन फर्म्याट गर्न सक्नुहुन्छ । फोनलाई अफ गरिएको छैन र इन्टरनेट चलिरहेको छ भने यसलाई लाइभ ट्र्याक गर्न पनि सकिन्छ । 

आईफोन हो भने चाहिँ यसलाई ट्र्याक गर्न Find My iPhone प्रयोग गर्नुहोस् । अर्को फोन  वा कम्प्युटरबाट icloud.com/find मा गएर पनि स्विच अफ भएको फोन तपाईँले ट्र्याक गर्न सक्नुहुन्छ । 

सिम कार्ड ब्लक गर्ने

आफ्नो मोबाइल सेवा प्रदायकलाई फोन गरेर तुरुन्तै सिम कार्ड ब्लक गराउनुहोस् । यस्तो गरेमा चोरले तपाईँको सिम कार्डको दुरुपयोग गर्न सक्दैन र तपाईं कुनै नयाँ समस्यामा पर्नुहुन्न । 

प्रहरीमा उजुरी दिने 

फोन चोरी भयो वा हरायो भने नजिकैको प्रहरी चौकीमा गएर एफआईआर दर्ता गराउनुहोस् अनि IMEI नम्बर ब्लक गर्नुहोस् । तपाईंले फोनको बक्स वा बिलमा IMEI नम्बर हुन्छ । 

तुरुन्तै खाताहरूबाट लग आउट गर्नुस् 

मोबाइलमा भएका आफ्ना सबै अनलाइन खाताहरूजस्तै गुगल, सामाजिक सञ्जाल, बैंकिङ एपहरूबाट लग आउट गर्नुहोस् अनि पासवर्डहरू पनि परिवर्तन गर्नुहोस् । यी सबै काम तपाईंले कम्प्युटरबाट पनि गर्न सक्नुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप